भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

१५ अर्ब ८४ करोड रुपैयाँ नेपाललाई विश्व बैंकले आर्थिक सहायता दिने

१५ अर्ब ८४ करोड रुपैयाँ नेपाललाई विश्व बैंकले आर्थिक सहायता दिने

काठमाण्डौ । विश्व बैंकले १५ अर्ब ८४ करोड रुपैयाँ आर्थिक सहायता स्वीकृत गरेको छ । नेपालको विद्यालय शिक्षा क्षेत्र रूपान्तरण कार्यक्रम कार्यान्वयनका लागि विश्व बैंकले १२ करोड अमेरिकी डलर आर्थिक सहायता स्र्वकृत गरेको हो । गुणस्तरीय शिक्षामा लगानी गर्नु मानव पुँजीको विकासका लागि महत्त्वपूर्ण भएकाले विश्व बैंको आर्थिक सहायताले नेपाल सरकारको लक्ष्य पूरा गर्न सहयोग पुर्‍याउने विश्व बैंकले जनाएको छ ।

सहायतामार्फत प्रारम्भिक कक्षाहरूमा राष्ट्रिय एकीकृत पाठ्यक्रम लागू गरेर आधारभूत सीपहरू सुधार गर्ने, कोरोना महामारी र अन्य प्रकोपका कारण विद्यालय बन्द हुँदा हुने सिकाइ हानीलाई सम्बोधन गर्ने, उपयुक्त कक्षा कोठाको निर्माण, डिजिटल शिक्षणलाई सुदृढ गर्ने, बालिका र अपाङ्गगता भएका विद्यार्थीलाई विशेष ध्यान दिने र छात्रवृत्तिलगायतका कार्यक्रम पनि सञ्चालन हुनेछन् उल्लेख गरिएको छ ।

अमेरिकाको वाशिङट्नमा बसेको विश्व बैंकको कार्यकारी बोर्ड बैठकले नेपालका लागि १२ करोड डलर आर्थिक सहायता विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रम सञ्चालन गर्न गरेको हो ।

 

 


Thali Mobile Pvt.Ltd.