काठमाडौं । आइतबार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रिय सभाको बैठकमा डा. वेदुराम भुसालले पेस गरे उक्त विधेयक सर्वसम्मतीले स्वीकृत भएको हो ।
विधेयकमा छलफल सकिएपछि राष्ट्रिय सभा अध्यक्षले विधेयकको विपक्षमा कोही पनि नरहेकाले विधेयक संसदबाट सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका थिए । विधेयकमाथि सांसदहरुले आफ्ना–आफ्नो धारणा समेत राखेका थिए ।
