५ असार २०७७, काठमाडौं । कोरोना महामारीका कारण साउदीमा अलपत्र परेका १५३ जना नेपाली लिएर जहाज काठमाडौं आइपुगेको छ । हिमालय एयरलाइन्सको विमानबाट काठमाडौंमा अवतरण गरेका उनीहरुसंगै एक नेपालीको शव पनि ल्याइएको छ ।
साउदीबाट नेपाल आउने उनीहरुको स्वदेश फिर्ती पहिलो हो । दमामबाट हिमालय एयरलान्सकै अर्को जहाज भोलि शनिबार पआउने जनाइएको छ । उक्त उडानमा २२६ जना अलपत्र परेकाहरु प्राथमिकताका आधारमा आउने भएका हुन । त्यसैगरी साउदीको रियादबाट नेपाल एअरलाइन्सको जहाज जुन २१ तारिखमा उडान भर्नेछ ।
उक्त उडानमा आउने ४४५ जनाको नाम दूतावासले सार्वजनिक गरेको छ । आजै माल्दिभ्सबाट १५० जना, कुवेत र कतारबाट पनि नेपालीहरु स्वदेश फर्किन लागेको जनाइएको छ । यूएईबाट १ सय ४८ जना अधिकाँश महिला स्वदेश फर्किएका छन् ।

