धनगढी । १६ क्वीन्टल अवैध माछा धनगढीबाट प्रहरीले बरामद गरेको छ । सुपप्र ०१००१ च ३४१९ नम्बरको जिपमा ल्याउदै गरेको अवस्थामा धनगढी उपमहानगरपालिका–७ मनहेराबाट प्रहरीले माछा बरामद गरेको हो । बरामद गरिएका माछा जिल्ला प्रहरी कार्यालयले नष्ट गरेको छ भने जिप र चालकलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाएको छ ।
चालकले ती माछा धनगढीबाटै खरिद गरेर ल्याएको दाबी गरेपनि पुष्टि हुने बिल भौचर नदेखिएपछि भारतबाट अवैध रुपमा ल्याएको आशंकामा बरामद गरिएको थियो । बेलौरी नगरपालिका–७ बस्ने २१ वर्षीय रामकुमार रानाले चलाएको जिपबाट अवैध माछा बरामद गरिएको जनाएको छ ।
