भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

१७ डीआईजीका लागि २७ एसएसपीको दौडधूप

१७ डीआईजीका लागि २७ एसएसपीको दौडधूप

काठमाडौं । गृहमन्त्रालयले ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीं)मा बढुवा सिफारिश गरेसँगै डीआईजीका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको दौडधूप शुरू भएको छ ।

भर्खरै अवकाश पाएका आईजीपी शैलेश थापा क्षेत्रीसँगै एआईजीहरू र डीआईजीहरू अनिवार्य अवकाशमा गएसँगै एआईजी र डीआईजीहरूको पद खालि भएको छ ।

जेठ ९ गते उत्तमराज सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआईजीमा बढुवा गर्ने सिफारिस गृहमन्त्रालयले गरेको थियो । उजुरी नपरे १६ गते एआईजीमा बढुवा भएर ५ जनाले फुली लगाउनेछन् ।

त्यस लगत्तै रिक्त पदमा सरकारले बढुवा गर्ने तयारी गरेको छ । सरकारले १७ गते नै खालि भएका १७ वटा पदमा डीईजीहरू बढुवा गर्ने तयारी गरेको छ । २० वटा दरबन्दी रहेको डीआईजीमा मुकुन्दराज आचार्य, नलप्रसाद उपाध्याय र मसउद आलम खाँ मात्र बाँकी रहनेछन् ।

२०५१ चैत ५ गते नियमितमा ६० जना र २०५२ भदौ १९ मा ४० जना वैकल्पिक प्रहरी निरीक्षकमा भर्ना भएका टोलीबाट यसपालि डीआईजी हुने छन् । सरकारले प्रहरी उपरीक्षक (एसपी)बाट २०७५ फागुन ६ गते १३ जनालाई एसएसपीमा बढुवा गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.