२२ जनाले कोरोना जितेको दैलेखमा संक्रमितको संख्या ४७२ पुग्यो, हेर्नुहाेस कहाँ कति ?

२२ जनाले कोरोना जितेको दैलेखमा संक्रमितको संख्या ४७२ पुग्यो, हेर्नुहाेस कहाँ कति ?

३० जेठ २०७७ दैलेख । सरस्वती माविको आइसोलेसनमा उपचार गराई रहेका २२ जना कोरोना संक्रमितले शुक्रबार कोरोना जितेका छन् । कोरोना जितेर घर जानेमा भारतबाट आएका नारायण नगरपालिका भित्रका २२ जना पुरुष रहेका छन् ।

कोरोनामुक्‍त भएपछि उनीहरुलाई घर पठाइएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले बताए । योसंगै दैलेखमा कोरोना जित्नेको संख्या २६ पुगेको छ । तर दैलेख कोरोनाको जोखिम मुक्त भने हुन सकेको छैन ।

११ वटा स्थानीय तह रहेको दैलेखमा हाल सम्म कोरोना संक्रमितको संख्या ४७२ पुगेको छ । दुल्लु नगरपालिका ११ का एक जना पुरुषले कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

हेर्नुहोस पालिका अनुसारकाे संक्रमित तालिका…dailekh

Mohotsav


Thali Mobile Pvt.Ltd.