भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

३२ लाख लुट्ने चार जना ठग ठाउँको ठाउँ पक्राउ

३२ लाख लुट्ने चार जना ठग ठाउँको ठाउँ पक्राउ

काठमाडौँ । लुटपाट गरी भाग्ने चार जना पक्राउ परेका छन् । झापाको बिर्तामोडबाट लुटपाट गरेर भागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

बिर्तामोड बसपार्क नजिकै दुई कट्टा जग्गा किन्नका लागि मोरङको उर्लाबारीबाट आएका विष्णुमाया सापकोटा र अनिल विश्वकर्माको ३२ लाख रुपैयाँ लुटेर जग्गा कारोबारी फरार भएका थिए ।

सस्तोमा जग्गा पाइएको छ आजै बैना गर्न आउनुस भनेर उनीहरूलाई बोलाई ३२ लाख रुपैयाँ चार जना इलाम भागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए ।

जग्गा बैना गर्ने नाममा रकम लुटपाट गर्ने झापाको कमल गाउँपालिका ५ का विजय राई, बेलबारी नगरपालिका ६ घर भई झापाको मेचीनगर नगरपालिका ६ बस्ने ५५ वर्षीय रणबहादुर पोख्रेल, काठमाडौँका राजेश श्रेष्ठ र जनक रेग्मी रहेका छन् ।

चार जनाले पूर्वनिर्धारित योजनाअनुसार जग्गा खरिदकर्ता विष्णुमायाको ३२ लाख लुटेर फरार भएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.