भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

४ लाख ४३ हजार नगदसहित १६ जुवाडे पक्राउ

४ लाख ४३ हजार नगदसहित १६ जुवाडे पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत थानकोट तथा प्रभाग बलम्बुबाट संयुक्त खटिएको प्रहरी टोलीले ४ लाख ४३ हजार ५०३ नगदसहित १६ जना जुवाडेलाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका वडा नं. १४ पुरानो नैकाप शंकर थापाको घरमा जुवा खेलिरहेको अवस्थामा १६ जना जुवाडेलाई पक्राउ गरेको हो ।

सात बुक ताससहित ठूलो रकमसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए । पक्राउ पर्नेमा पुरानो नैकापका ५२ वर्षीय पुष्कर थापा, ४६ वर्षीय पूर्ण बहादुर बस्नेत, ४१ वर्षीय सुदर्शन बिडारी, ४६ वर्षीय लव कार्की, ४४ वर्षीय सुदामा के.सी. ३१ वर्षीय विजय बुढाथोकी, ५० वर्षीय रविन्द्र थापा, ४३ वर्षीय राजन खत्री रहेका छन् ।

प्रहरीका अनुसारचन्द्रागिरी नगरपालिका–१३ कै ३६ वर्षीय विश्वासजंग कार्की, ४० वर्षीया सन्जु थापा, ३८ वर्षीय निरन्जन शाह ठकुरी र ४४ वर्षीय अष्टमान महर्जन, ४१ वर्षीय शंकर थापा, चन्द्रागिरी नगरपालिका–१२का निरन्जन केसी, दैलेख दुन्‍नु नगरपालिका–११ घर भइ चन्द्रागिरी नगरपालिका–१३ बस्‍दै आएका ४७ वर्षीय गणेश

रसाइली र काभ्रे पाँचखाल नगरपालिका–११ घर भइ हाल दक्षिणकाली नगरपालिका–१ बस्‍दै आएका ३६ वर्षीय कृष्णबहादुर मगर पक्राउ परेका छन् । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.