भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

५ वटा महानगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी, काठमाडौंमा बालेनको अग्रता कायमै

५ वटा महानगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी, काठमाडौंमा बालेनको अग्रता कायमै

काठमाडौं । अब ५ वटा महानगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेका बेला काठमाडौंमा बालेन शाहको अग्रता कायमै रहेको छ । काठमाडौँ, ललितपुर, भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिकाको मतगणना जारीरहेको हो ।

जारी मत गणनाअनुसार काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र १८ हजार भन्दा बढी मतले अगाडि छन् । साहले अहिलेसम्म ४२ हजार ८ सय ९३ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी मेयरकी उम्मेदवार सिर्जना सिंहले २४ हजार ८ सय ५४ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले २३ हजार ९ सय ६८ मत प्राप्त गरेका छन् ।

उता, चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता कायम राखेकी छन्। रेणुले ४३ हजार ६१ मत प्राप्त गरेकी छन् । नेकपा एमालेका मेयरका उम्मेदवार विजय सुवेदीले ३३ हजार २ सय ३९ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार २ सय ९० मत प्राप्त गरेका छन् । ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु महर्जनले ३० हजार ८ सय ६० मत प्राप्त गर्दा नेकपा एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १८ हजार २ सय १ मत प्राप्त गरेका छन् ।

उपमेयरकी उम्मेदवार मञ्जली शाक्यले १७ हजार ७ सय १६ मत प्राप्त गर्दा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १२ हजार ६ सय ६६ मत प्राप्त गरेका छन् । पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदवार धनराज आचार्य ४५ हजार २७ मत पाएका छन् ।

नेकपा एमालेका मेयरका उम्मेदवार कृष्णबहादुर थापा ४१ हजार ५ सय ९० मतका साथ दोस्रो स्थानमा छन् । वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टीका मेयरका उम्मेदवार राजेशमान सिंहले ३३ हजार ३ सय १५ मत प्राप्त गरेका छन् भने एमालेका मेयरका उम्मेदवार विजयकुमार सरावगीले १७ हजार ४ सय २० मत प्राप्त गरेका छन् । मत गणना जारी छ ।

 


Thali Mobile Pvt.Ltd.