भर्खरै : Sorry, your browser does not support inline SVG.
सगरमाथा संरक्षणमा राष्ट्रपतिको जोड : दिगो पर्यटन र हिमाली वातावरण जोगाउन आग्रह | म्याग्दीको सिरुवारीमा पहिरो : बेनी–जोमसोम–कोरला सडक अवरुद्ध, यातायात ठप्प | तीन मौसमी प्रणाली सक्रिय : बुधबार देशभर चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | क्यान्सर अस्पतालमा औषधि अभाव | अमेरिका–इरान तनाव फेरि चर्कियो : नयाँ हवाई आक्रमणपछि युद्धविराम संकटमा, होर्मुज र आणविक वार्ता थप पेचिलो | उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ |

७० करोड काण्डका मिश्रलाई अख्तियारमा उपस्थित हुन ७ दिनको अल्टमेटम

७० करोड काण्डका मिश्रलाई अख्तियारमा उपस्थित हुन ७ दिनको अल्टमेटम

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाई गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई बोलाएको हो ।

अख्तियारले जारी गरेको सार्वजनिक सूचनामा कमिसन मोलमोलाइको विषयमा केही बुझ्नुपर्ने भएकाले मिश्रलाई उपस्थित हुन भनिएको छ । तोकिएको समयसीमाभित्र उपस्थित नभए कानुन बमोजिम कारवाही हुने अख्तियारले जनाएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.