भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

९३६ ग्राम अवैध सुन सहित बंलादेशी नागरिक पक्राउ

९३६ ग्राम अवैध सुन सहित बंलादेशी नागरिक पक्राउ

काठमाडौं । दुवईबाट त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका दुईजना पक्राउ परेका छन् । हिमालय एयरलाईन्सबाट काठमाण्डौं पुगेका बंगलादेशी नागरिक विशेष सूचनाको आधारमा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन ।

प्रहरीले चेकजाँच गर्ने क्रममा उनले लगाएको पाईन्टको कम्मरको भागमा फल्स बटम बनाई मेटल डिटेक्टरले समेत डिटेक्ट गर्न नसक्ने बनाएको पेटी आकारको अर्धठोस सुनको एक थान, उनले लगाएको भित्री वस्त्रमा लुकाई छिपाई लिई डिटेक्टरले समेत डिटेक्ट गर्न नसक्ने बनाएको बेलना आकारको अर्धठोस सुन २ थान गरी ९ सय ३६ ग्राम सुन बरामद गरेको प्रहरीले जनाएको छ ।

उक्त सुनको अन्दाजी मुल्य सतहत्तर लाख उन्नाईस हजार छ सय साठी रहेको छ । भारतीय नागरिक पारस नाथ साहले भन्सार छली गर्न लगाएको खुलेपछि भारतीय नागरिक पारस नाथ साहलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । दुबै जनालाई कारबाहीका लागि आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रहरीले बुझाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.