भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

अख्तियारको टोली जलहरी जाँच्न पशुपतिनाथ मन्दिर जाँदै

अख्तियारको टोली जलहरी जाँच्न  पशुपतिनाथ मन्दिर जाँदै

काठमाडौं । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी जाँच्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली आज दिउसो तीन बजे पशुपतिनाथ मन्दिरमा जाने भएको छ । जलहरी राख्दा अनियमिमता भएको सूचना बाहिर आएपछि त्यसबारे अख्तियारले छानबिन गरिरहेको छ ।

आयोगका एक उच्च अधिकृतका अनुसार उजुरीबारे थप अनुसन्धान गर्न टोली पशुपतिनाथ मन्दिरमा जान लागेको हो । आयोगको टोलीले जलहरी नापजाँच गर्ने छ । आयोगको टोलीमा गुणस्तर तथा नापतौल विभाग, खानी तथा भू–गर्भ विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न हुनेछन् । उनीहरूले जलहरी बनाइएको सुनको तौल, गुणस्तर लगायतका विषयमा परीक्षण गर्ने जानकारी दिएका छन् ।

जलहरीमा ११ किलो सुन घोटाला भएको र त्यसमा कोषकै पदाधिकारी संलग्न रहेको आशंका छ । २०७७ माघ १२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्य र सहयोगीका साथ पशुपतिनाथ मन्दिरमा पुगेर ‘संकल्प पूजा’ गरेर करिब १ अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने घोषणा गर्नुभएको थियो । घोषणा अनुरुप सरकारले ३० करोड रुपैयाँ दिने बताउनु भएको थियो । लगत्तै पशुपति क्षेत्र विकास कोषले सरकारले दिने रकममा ५० करोड आफैं थपेर १ सय ८ किलो परिमाणको सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.