भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

अख्तियार हेटौडामा ५ महिनामा ९१७ उजुरी

अख्तियार हेटौडामा ५ महिनामा ९१७ उजुरी

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटाँैडामा चालू आर्थिक वर्षको हालसम्म अर्थात विगत पाँच महिनामा ९१७ वटा उजुरी परेको छ । भष्टाचार विरुद्द अन्तरराष्ट्रिय दिवसको अवसरमा आयोगको कार्यालय हैटौँडाद्वारा आज यहाँ आयोजित भष्ट्राचार नियन्त्रण र सुशासन विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । कार्यालयबाट प्राप्त प्रतिवेदनअनुसार कार्यालयमा चालू आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि मङ्सीर २० गतेसम्ममा परेकोमध्ये ३३० फछ्र्यौट भएको छ भने ५८७ वटा उजुरी फछ्र्यौट हुँन् वाँकी रहेको जनाइएको छ ।

कार्यालय प्रमुख रविन्द्र शर्माद्वारा प्रस्तुत प्रतिवेदनमा ११ जिल्लाकार्य क्षेत्र रहेको सो कार्यालयमा वारा जिल्लाको सबैभन्दा बढी उजुरी परेको जानकारी दिइएको छ । विगत पाँच महिनामा परेको कूल उजुरीमध्ये बाराको २४९, पर्साको १८७, मकवानपुरको १७३, रौतहटको १६०, चितवनको ९०, दोलखाको १६, धादिङको १५, काभ्रेपलान्चोकको १२, रामेछापको १२, सिन्धुपाल्चोकको दुई र नुवाकोटको एक उजुरी परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

भष्टाचार एव्म अनियमितताका सम्वन्धमा सबैभन्दा बढी बाराको २४९ उजुरी परेको छ भने मन्त्राालयगतअनुसार सङ्घीय मामिलाको ९स्थानीय तह०को सबैभन्दा बढी ४४४ उजुरी परेको कार्यालयका प्रमुख शर्माले भन्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटाँैडा उपमहानगरपालिकाका प्रमुख हरिवहादुर महत र अख्तियार हेटौँडाका सिनियर डिभिजिनल अधिकृत मोहनदत्त भट्ट र उपसचिव विष्णुप्रसाद सापकोटाले भष्टाचार विरुद्ध आ–आफना विचार व्यक्त गर्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.