भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अज्ञात समूहले हतियार देखाएर रकम लुटे

अज्ञात समूहले हतियार देखाएर रकम लुटे

लहान । अज्ञात समूहले हतियार देखाएर सिरहाको लहान नगरपालिका– ३ भगवानपुर गाउँ नजिकबाट आज एक जनाको रु चार लाख रकम लुटेर लगेको छ ।  लहानस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाबाट ऋणबापतको रकम झिकेर घर फर्किदै गरेका लहान नगरपालिका– २३ गाढाका ५४ वर्षीय जागेश्वर यादवलाई दुई जनाको समूहमा आएकाहरुले हतियार देखाएर रकम लुटेका हुन् ।

“रकम झिकेर साइकलमा घर फर्किदै थिए”, उहाँले भन्नुभयो, “लहान–ठाडी सडकअन्तर्गत भगवानपुरस्थित स्मार्टफोनको टावर नजिकै मास्क लगाएर बसेका अपरिचित दुई जनाको समूहले पेस्तोल देखाएर मसँग भएको सबै रकम लुटेर लग्यो ।” अलिकति पनि हल्ला गरिए ज्यान मर्ने धम्की दिएकोसमेत पीडित यादवको दुखेसो छ ।

इलाका प्रहरी कार्यालय लहानका निमित्त प्रमुख प्रहरी निरीक्षक सुवास खतिवडाले रकम लुटिएको थाहा पाएलगत्तै घटनास्थल पुगेर अनुसन्धान गरिएको जानकारी दिनुभयो । पीडितको प्रारम्भिक बयानबमोजिम जनउत्थान सहकारीमा समेत गएर बुझ्दा रकम झिकेको पुष्टि भएको उल्लेख गर्दै उहाँले सहकारी सिसिटिभी फुटेज हेरेर थप अनुसन्धान गरिने बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.