भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

अदालतबाट जरिवना ठहर भएका तामाङ पक्राउ

अदालतबाट जरिवना ठहर भएका तामाङ पक्राउ

नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु १३ लाख जरिवना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको विसं २०७७ पुस ७ गतेको फैसलाअनुसार छ दिन कैद सजाय रु रु १३ लाख जरिवना ठहर भएका चितवन खैरहनी नगरपालिका–४ का ३५ वर्षीय धनबहादुर तामाङलाई सोमबार पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बैकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उच्च अदालतले कैद र जरिवाना ठहर भएका तामाङलाई चितवनबाट पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ तामाङले आफ्नो कुमारी बैंक लिमिटेड सौराहा शाखाको खातामा पर्याप्त मौज्दात रकम नहुँदा नहुँदै पीडितलाई चेक दिएर बैंकिङजन्य अपराध गरेको प्रहरीले जनाएको छ । तामाङलाई फैसला कार्यान्वयनका लागि सोमबार नै जिल्ला अदालत चितवन पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.