२५ जेठ २०७७ काठमाडौ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुशी अन्तर्राष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ। बन्दाबन्दीका समयमा आफूखुशी चार्टर उडान गरी बढी भाडा लिने गरेको जनाउँदै उक्त निर्देशन दिइएको हो ।
एक सूचना जारी गर्दै क्यानले राजदूतावास (कूटनीतिक) आग्रहबाहेकका सबै चार्टर उडानमा रोक लगाएको हो । क्यानका एयर ट्रान्सपोट्रेशन डिभिजन प्रमुख सचितभक्त पोखरेलको हस्ताक्षर रहेको उक्त सूचनानुसार ट्राभल्स एजेन्सी र एयरलाइन्स कम्पनीलाई चार्टर उडानमा रोक लगाइएको हो ।
बन्दाबन्दीका समयमा नेपालमा रोकिएका विभिन्न देशले आफ्ना नागरिक स्वदेश फर्काउन चार्टर उडान गर्दै आएका छन् । गत चैत ९ गतेयता हालसम्म ११० अन्तरराष्ट्रिय चार्टर उडान भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
पछिल्लो समय एयरलाइन्स कम्पनी तथा ट्राभल्स एजेन्सीले नेपालबाट यात्रु चार्टर उडान गर्न धमाधम बुकिङ गरी बढी भाडा लिने गरेपछि क्यानले उक्त निर्दशन दिएको हो । कोभिड निर्देशिका क्यानले विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडानलाई लक्ष्य गर्दै कोभिड विशेष सुरक्षा निर्देशिका कार्यान्वयनमा ल्याएको छ ।
पहिलो चरणमा ल्याइएको सुरक्षा निर्देशिकालाई विकसित परिस्थितिअनुसार संशोधन गर्दै जाने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार प्राधिकरणले हवाई यात्रामा जोडिने सबै सरोकार पक्षले पालना गर्नुपर्ने विषय समेटेर सुरक्षा निर्देशिका बनाएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैतडी, ९ जेठ । बैतडी जिल्लाको खलङ्गा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान...
काठमाडौँ, ९ जेठ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा...
भक्तपुर, जेष्ठ । सूर्यविनायक नगरपालिका वडा नं ७ मा पुष्पखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत सयपत्री फूलको बेर्ना वितरण कार्यक्रम सम्पन्न भएको छ। आ.व. २०८१/०८२ मा स्वीकृत योजनाअन्तर्गत सञ्चालन भएको कार्यक्रम...
भक्तपुर, ८ जेष्ठ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन अरनिको सभाभवन, थन्थु दरबार, र हाडा छेँ पुनःनिर्माण स्थलहरूको स्थलगत निरीक्षण...