भर्खरै : Sorry, your browser does not support inline SVG.
‘कम्युनिजम विश्वयुद्धभन्दा ठूलो खतरा’ ट्रम्पको विवादास्पद अभिव्यक्ति | फेवातालमा हावाहुरीको बीच अलपत्र परेकी युवतीको सकुशल उद्धार, सशस्त्र प्रहरीको तदारुकता | ‘डीएपी मल किन भारतभन्दा महँगो?’ राष्ट्रिय सभामा सरकारलाई कडा प्रश्न, संसदको मौनतामाथि पनि असन्तुष्टि | सरकारको १०० दिनमाथि नागरिक समाजको प्रश्न: ‘महँगी र बेरोजगारी नियन्त्रणमा पूर्ण असफल’ | दैलेख बस दुर्घटना: सोनार क्यामरा र विशेष उपकरणसहित गोताखोर टोली परिचालन, बेपत्ताको खोजी तीव्र | नियमन र सुपरिवेक्षणमा कुनै सम्झौता नहुने मन्त्री रावलको सन्देश | सरकारका १०० दिनः १८ मन्त्रालयमा सीमित, २० अर्ब बचतको दाबी, उपलब्धि सार्वजनिक | शताब्दी पुरानो वासिङ पहिरोले बर्सेनि उठीबास |

अपराध न्यूनीकरणमा प्रहरीको भूमिका महत्वपूर्ण हुन्छः मुख्यमन्त्री भट्ट

अपराध न्यूनीकरणमा प्रहरीको भूमिका महत्वपूर्ण हुन्छः मुख्यमन्त्री भट्ट

गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने अपराध न्यूनीकरणमा प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउए । छैसट्ठीऔँ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय धनगढीमा आयोजित कार्यक्रममा उहाँले प्रहरी एक्लैले मात्र समाजमा हुने गरेका सबैखाले अपराध न्यूनीकरण गर्न कठिनाइ हुने भएकाले आमनागरिकको भूमिका पनि सकारात्मक हुनुपर्ने बताए ।

विभिन्न कठिनाइका बाबजुद प्रहरीले नागरिकलाई सुरक्षा प्रदान गरिरहेको उहाँको थियो । उहाँले देशका अन्य ठाउँमा घटेका घटनाको तुलनामा सुदूरपश्चिममा सानो घटना हुँदा बढी चर्चा पाउने गरेको टिप्पणी गर्नुभयो । मुख्यमन्त्री भट्टले प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै अपराध अनुसन्धानमा हुने ढिलाइले अपराधीको मनोबल बढ्दै गएर समाजमा शान्ति सुरक्षाको अवस्था खलबलिने अवस्थाबाट सतर्क रहनुपर्ने बताए ।

उहाँले नागरिक र प्रहरीबीच सुमधुर सम्बन्ध कायम गरी अघि बढ्न जरुरी रहेको बताए । यसैगरी कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त र डडेल्धुराकी अस्मिता धामीले न्याय पाउनुपर्ने बताए । कार्यक्रममा कर्तव्य पालनाको सिलसिलामा प्राण आहुति गर्ने अमर प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सहादत प्राप्त गर्ने प्रहरी परिवार र प्रहरी सङ्गठनलाई सहयोग पुयाउने विभिन्न व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.