भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

अपर बलेफी जलविद्युत् आयोजना अन्तिम चरणमा

अपर बलेफी जलविद्युत् आयोजना अन्तिम चरणमा

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित ३६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । निजी क्षेत्रबाट निर्माणाधीन सो आयोजनाको निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएको अपर बलेफी हाइड्रोपावर कम्पनीका अध्यक्ष उमेश कसजुले जानकारी दिए । आयोजनाबाट उत्पादित विद्युत् दशैँअगावै परीक्षण गर्ने तयारीमा रहेको उहाँको भनाइ छ । सुरुङ निर्माणको काम एक वर्ष पहिले नै सम्पन्न भइसकेको बताइएको छ ।

जुगल गाउँपालिका–३ स्थित पाङरपु र लिदी नजिक बाँध बाधी चार हजार ५०० मिटर ४५०० सुरुङबाट वडा नं २ को बैकुण्ठेमा निर्माण गरिएको विद्युत्गृहमा पानी खसालिने छ । आयोजनाबाट उत्पादित विद्युत् २२ किलोमिटर प्रसारण लाइनबाट लामोसाँधुस्थित सव–स्टेशनमा आबद्ध गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । विसं २०७२ मा सुरु गरिएको सो अयोजना तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको भएपनि बाढी पहिरो तथा कोभिड–१९ सङ्क्रमणजस्ता प्राकृतिक प्रकोपका कारण समयमा सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.