भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अफ्रिकामा कम्तीमा तीन करोड मेट्रिक टन खाद्यान्न अभाव

अफ्रिकामा कम्तीमा तीन करोड मेट्रिक टन खाद्यान्न अभाव

काठमाडौँ । अफ्रिकी देशलाई सम्भावित खाद्य सङ्कटको जोखिम घटाउन अफ्रिकी विकास बैंक (एएफडीबी) ले १ दशमलव ५ अर्ब अमेरिकी डलर अनुमोदन गरेको छ ।

बिउ र स्थानीय उत्पादन बढाउन यान्त्रिकरणका लागि बैंकको सहयोग आवश्यक रहेकाले बैंकले उक्त रकम अनुमोदन गरेको हो ।
तत्काल २० लाख अफ्रिकी साना किसानलाई प्रमाणित बिउ उपलब्ध गराउने तयारी गरिएको जनाइएको छ ।

यो सहयोगले कृषि मलको पहुँच बढाउने र खाद्यान्नको उत्पादन बढाउन किसानलाई सक्षम बताउदै रूस–युक्रेन सङ्कटबाट उत्पन्न खाद्य आपूर्तिको अवरोधका कारण अफ्रिकाले अहिले कम्तीमा तीन करोड मेट्रिक टन खाद्यान्नको अभाव सामना गर्नुपरेको उल्लेख गरिएको छ । अफ्रिकामा गहुँ, मकै र भटमासजस्ता प्रमुख खाद्यान्नको अभाव रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.