भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

अब तीनजनासम्म बच्चा जन्माउन दिइने

अब तीनजनासम्म बच्चा जन्माउन दिइने

चीन । काम गर्ने उमेरको जनसंख्यामा एकदमै छिटो व्यापक गिरावट आएपछि चीनमा दम्पत्तिहरुलाई तीनजनासम्म बच्चा जन्माउन दिइने भएको छ । चीनका राष्ट्रपतिले अध्यक्षता गरेको पार्टीको पोलिटब्यूरो बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।

चीनको जनगणनाको तथ्यांकले काम गर्ने उमेरको जनसंख्यामा गिरावट आएको र ६५ बर्षमाथिको जनसंख्यामा बृद्धि भएको देखाएको थियो । अर्थतन्त्र र समाजमा जनसंख्याको सन्तुलनले भार थपेपछि र चीनको महत्वांकाक्षी आर्थिक लक्ष्यमा जोखिम उत्पन्न भएपछि तीनजनासम्म बच्चा जन्माउन पाउने नीति ल्याइएको हो ।

चीनमा त्यहाँको कम्युनिष्ट पार्टीले जनसंख्या बृद्धिदर नियन्त्रणका लागि भन्दै सन् १९८० देखि एकजनाभन्दा बढी बच्चा जन्माउन नपाउने नियम लागु गर्दै आएको छ । सन् १०७९ मा ल्याइएको एकबच्चा नीति अन्तरगत परिवार नियोजनको कानून नमान्नेहरुलाई कारवाही गरिदै आएको थियो । कतिपय परिवारले जरिवाना तिर्नुपरेको थियो भने कानून नमान्ने कैयनले जागिर गुमाएका थिए ।

कतिपय मामलामा आमाहरुलाई गर्भपतनका लागि बाध्य पारिएको थियो । एक बच्चा नीतिले आर्थिक बृद्धिदरमा असर गरेको भन्दै मापदण्डहरु सन् २०१५ मा केही खुकुलो बनाइएको थियो । सन् २०१५ देखि चीनमा एक दम्पत्तिले दुईजनासम्म बच्चा जन्माउन सक्ने नियम ल्याइएको थियो । यो नीतिले पनि चीनको जन्मदर बढाउन नसकेपछि अहिले नयाँ नीति ल्याइएको हो ।

सन् २०२० को जनगणना अनुशार गतबर्ष चीनमा १ करोड २० लाख बच्चाहरु जन्मिएका थिए । सन् २०१९ मा चीनमा १ करोड ४६ लाख बच्चाहरु जन्मिएका थिए । सन् २०१९ को तुलनामा जन्मदर १८ प्रतिशतले गिरावट आएको थियो । तर ६५ बर्षमाथिकाहरुको जनसंख्या भने १० बर्ष अगाडिको तुलनामा १८ दशमलव ७ प्रतिशतले बृद्धि भएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.