भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

अब प्रचण्ड-माधवपक्षलाई जनताले सजाय दिन्छन्ः प्रधानमन्त्री

अब प्रचण्ड-माधवपक्षलाई जनताले सजाय दिन्छन्ः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रचण्ड–नेपाल’ पक्ष निर्वाचनबाट तर्सिएकाले चुनावबाट भाग्न खोजेको आरोप लगाएका छन् ।

नेकपा काठमाडौं महानगर कमिटीद्वारा शुक्रबार काठमाडौंमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले हार निश्चित हुने भएकाले ‘प्रचण्ड–नेपाल’ पक्ष निर्वाचनबाट भाग्न लागेको बताएका हुन । अब आउने चुनावमा प्रचण्ड–माधव पक्षको हालत ‘खराब’ मात्र नभएर जनताले सजाय समेत दिने जिकिर गरे ।

देशलाई ‘सांसद किनबेचको थलो’ बनाउन खोज्नेलाई जनताले अबश्यै सजाय दिएर छाड्ने दाबी गरे । संकटकाललाई देखाउँदै निर्वाचन सार्ने नियोजित हल्ला चलाइएको भन्दै उनले तोकिएको समयमा नै निर्वाचन गराएरै छाड्ने ठोकुवा गरे । सरकार र पार्टी सञ्चालनमा प्रचण्डले अवरोध गरेकोले अहिले आफै अलग्गिएर जाँदा पार्टी शुद्ध र अग्रगतिमा गएको जिकिर गरे ।

माघ २३ गते देश नै आफ्नो पक्षमा शक्ति प्रदर्शन गर्न लागेको दावी गर्दै ओलीले प्रदर्शनमा सहभागी हुन सबैलाई ह्वान समेत गरेका छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.