भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

अमेजन जंगलबाट बालबालिकाको उद्धार गर्ने सेनाका जवानलाई राष्ट्रिय सम्मान

अमेजन जंगलबाट बालबालिकाको उद्धार गर्ने सेनाका जवानलाई राष्ट्रिय सम्मान

बोगोटा । ४० दिनपछि अमेजनको जंगलबाट ४ बालबालिकाको उद्धार गर्ने सेनाका जवानलाई कोलम्बिया सरकारले सम्मान गरेको छ । उद्धार अभियानलाई ‘अपरेशन होप’ नाम दिइएको थियो । यसमा संलग्न सैनिक र अन्य सदस्यहरूलाई ‘अर्डर अफ बोयाका’ नामक अवार्ड दिइएको छ ।

कोलम्बियाका नागरिकहरूलाई दिइने उच्च डिग्री र सशस्त्र बलहरूलाई सम्मानित दोस्रो उच्च डिग्री हो । अवार्ड दिने क्रममा राष्ट्रपति गुस्ताभो पेट्रोले भने‘ ‘पदक त एउटा प्रतीक मात्र हो । वास्तविक पुरस्कार जीवन हो र यी उद्धारकर्मीहरूले प्रमाणित गरेका छन् ।

उद्धारकर्मीहरूले बालबालिकाको समुदायलाई अपरेशनमा सामेल गरे र हामी कसरी एकजुट भएर धेरैको ज्यान बचाउन सक्छौँ भनेर प्रमाणित गरे।’ अहिले पश्चिमी वा परम्परागत चलन कुन राम्रो भन्नेमा विवाद बाँकी नरहेको भन्दै दुवै विचारधाराले मिलेर यी बालबालिकालाई उद्धार गरेर घर ल्याएको बताए ।

यस कार्यमा संलग्न सेनाको स्निफर डग विल्सनलाई पनि सम्मान गरिएको थियो । यो कुकुर जंगलबाट बालबालिकाको उद्धार गरेर अमेजनमा हराएको थियो । फेला पार्न अपरेसन पनि सुरु गरिएको छ । उद्धार कार्यका प्रमुख जनरल पेड्रो सान्चेजले ६ वर्षीय डग विल्सनको विरासतको सम्झनामा स्मारक निर्माण गरिने बताए ।

अमेजन जंगलमा प्लेन दुर्घटना हुँदा हराएका ४ जना बालबालिका ४० दिन पछि जीवितै भेटिएका थिए, यो घटन जसले संसारलाई नै चकित पारेको थियो ।

 


Thali Mobile Pvt.Ltd.