अमेरिका । आज नोभेम्बर ३ तारीक मंगलबार महाशक्ति सम्पन्न राष्ट्र अमेरिकामा ४६ औं राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ। राष्ट्रपतिका उम्मेदवारहरु वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पुर्वउपराष्ट्रपति जो बाईडेनले चुनावी प्रचारप्रसार रोकिसकेका छन ।
‘ब्याटलग्राउन्ड’ मा मतदातालाई आफूतिर तान्न दुवै आकांक्षीले अन्तिम चुनावी सभा गरी प्रचारप्रसार रोकेका हुन्। निर्वाचन अघि गरिएका सर्भेक्षणहरुले ट्रम्प भन्दा बाईडेन निकै बलिया देखिएका छन् । निर्वाचन अघि गरेको मतदानमा ९७ मिलियन (नौ करोड ७ लाख) भोट खसेको जनाईएको छ।
यस बर्ष सन २०२० का लागि २५ करोड ५२ लाख मतदाता रहेका छन। अमेरिकामा दुई पार्टीको प्रभावलाई हेर्दा डेमोक्र्याट पार्टीको रजिष्टर भोटर ७२ मिलियन र रिपव्लिकनको रजिष्ट्रर भोटर सख्या ५५ मिलियन रहेको छ।
