भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

अमेरिकामा टिकटकमाथि लाग्न लागेको प्रतिबन्धबाट जोगियो

अमेरिकामा टिकटकमाथि लाग्न लागेको प्रतिबन्धबाट जोगियो

काठमाडौं । बिहीबार रातिदेखि अमेरिकाको वाणिज्य मन्त्रालयले टिकटकमाथि लाग्न लागेको प्रतिबन्ध तत्कालको लागि रोकेको छ। यसअघिको आदेशअनुसार बिहीबार रातिदेखि अमेरिकामा टिकटक डाउनलोड गर्न प्रतिबन्ध लाग्नुपर्ने थियो। तर वाणिज्य मन्त्रालयले ुकानुनी प्रक्रिया जारी रहेकोु भन्दै प्रतिबन्धको कार्यान्वयनमा ढिलाइ गरेको छ। उसले फिलडेल्फियाको अदालतको आदेशतर्फ पनि इङ्गित गरेको छ। सेप्टेम्बरमा त्यहाँ तीन चर्चित टिकटक प्रयोगकर्ताले अमेरिकामा उक्त भिडिओसम्बन्धी सामाजिक सञ्जालको एपलाई प्रतिबन्धित गर्न नहुने जिकिर गरेका थिए। टिकटक विक्री हुँदा अमेरिकाले पैसा पाउनुपर्ने ट्रम्पको माग वाणिज्य मन्त्रालयको पछिल्लो निर्णय टिकटकका निम्ति ठूलो राहत हो। अमेरिकामा उसका १० करोड प्रयोगकर्ता रहेको अनुमान छ।
स्वामित्व परिवर्तन
सेप्टेम्बरमा टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनी बाइटडान्सले उसको अमेरिकी सम्पत्तिलाई ुटिकटक ग्लोबलुअन्तर्गत राखेर वालमार्ट र ओरकललाई हस्तान्तरण गर्ने घोषणा गरेको थियो । राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसको समर्थन पनि गरेका थिए। तर मङ्गलवार टिकटकले विगत दुई महिनामा अमेरिकी सरकारका तर्फबाट आफूलाई कुनै प्रतिक्रिया नदिइएको जनाएको थियो। राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकी कम्पनीलाई विक्री गर्नुपर्ने इच्छा व्यक्त गर्दै आएका छन्।

उनी तथा विदेशमन्त्री माइक पोम्पेओले पटकपटक अमेरिकी प्रयोगकर्ताको डेटा वा सूचना चिनियाँ सरकारले प्राप्त गर्न सक्ने भनेर दाबी गर्दै आएका थिए। तर त्यसबारे कुनै प्रमाण भने प्रस्तुत गरिएको छैन। भारतमा टिकटकजस्तै नयाँ एप ल्याउँदै यूट्यूब अमेरिकन आईडलका परिकल्पनाकार टिकटकमा नयाँ प्रतिभा खोज्दै टिकटकले त्यस्ता दाबी अस्वीकार गर्दै आएको छ। चीनसँग कूटनीतिक तनाव बढेपछि भारतले उक्त एपमाथि प्रतिबन्ध लगाइसकेको छ। पछिल्लो विकासक्रमबारे टिकटकले कुनै टिप्पणी गरिसकेको छैन।

 


Thali Mobile Pvt.Ltd.