भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

अमेरिका इरानको सम्बन्ध सुधारको संकेत

अमेरिका इरानको सम्बन्ध सुधारको संकेत

काठमाडौं । अमेरिकाले इरानमाथि लगाइएका प्रतिवन्धहरू खुकुलो बनाउदै गएको छ । इरानसँगको सन् २०१५ को आणविक सम्झौतालाई पुर्नजीवित गर्न उस्ले इरानमाथि लगाइएका केही प्रतिबन्ध खुकुलो बनाउदै गएको हो । अमेरिकी र इरानी कूटनीतिज्ञहरूको संयुक्त विस्तृत कार्ययोजनालाई पुर्नस्थापित गर्ने प्रयासमा कतारमा दुवै देशका अधिकारीहरूबीच अनौपचारिक वार्तासमेत भएको जनाइएको छ ।

उक्त वार्तामा बहुपक्षीय सम्झौता गरी इरानमाथि लगाइएका प्रतिवन्धहरू क्रमश : हटाउन अमेरिका सहमत भएको जनाइएको छ । सम्झौतासँगै इरान युएई र हङकङमा रहेका धेरै व्यक्ति र फर्ममाथि लागेको आरोप पुष्टि नहुने बताइएको छ ।आणविका सम्झौता पुर्नविचार गर्ने बारेमा इरानलाई दबाब दिन अमेरिकाले पूर्वी एसियामा अमेरिकी अनुमोदित इरानी पेट्रोलियम र पेट्रो केमिकल उत्पादन र बिक्री गर्न सहज भएको छ ।

अमेरिकाको यो कदमसँगै राष्ट्रपति जो बाइडेनको आगामी हप्ता हुने इजरायल र साउदी अरबको भ्रमणसँगै इरानसँगको सम्झौता पुनर्जीवित गर्ने सम्भावना कम भएको विश्लेषकहरूले बताएका छन् । अमेरिकाले यसअघि ती मुलुकका केही व्यक्ति र फर्महरूलाई सयौं मिलियन डलरको इरानी पेट्रोलियम पदार्थ इरानी कम्पनीहरूबाट ढुवानी र बिक्रीमा सहयोग गरेको आरोप लागेको थियो ।

 


Thali Mobile Pvt.Ltd.