काठमाडौं । भारत र अमेरिकाबीच महत्वपूर्ण रक्षा सम्झौता भएको छ । सम्झौता अनुसार अब भारतीय लडाकु विमानको इन्जिन अबदेखि भारतमै बन्ने उल्लेख गरिएको हो । अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच दुई पक्षीय वार्ता भएपछि उक्त सम्झौता भएको हो । ह्वाइट हाउसमा मोदीले बाइडनलाई भगवान गणेशको चाँदीको मूर्ति र प्रथम महिला जिललाई साढे सात क्यारेटको हरियो हिरा उपहार दिएका थिए ।
जुन २३ सम्म अमेरिकामा रहने मोदी त्यहीबाट जुन २४ मा इजिप्टको राजकीय भ्रमणका लागि कायरो जाने उल्लेख गरिएको छ । भ्रमणको दोस्रो दिन प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनको वार्ताको क्रममा रक्षा र एचवान बी भिसा सम्बन्धी महत्त्वपूर्ण सम्झौताहरू भएको जनाइएको छ। सम्झौता अनुसार भारत र अमेरिकाको सम्बन्धलाई थप सुदृढ बनाउन दुई भारतीय सहरहरुमा अमेरिकी वाणिज्य दूतावास खोलिने छ।
त्यस्तै भारतीय लडाकु विमानको इन्जिन अबदेखि भारतमा नै बन्ने छ। अमेरिकाले अब एचवान बी भिसा प्रकृयामा पनि केहि महत्त्वपूर्ण परिवर्तन गर्ने भएको छ। भ्रमणको दोस्रो दिन न्युयोर्कबाट वासिङ्टन पुगेका मोदीलाई अमेरिकी वायुसेनाको एन्ड्रयुज हवाई अखडामा सम्मान गारद अर्पण गरिएको थियो। त्यहाँबाट ह्वाइट हाउस पुगेका मोदीलाई राष्ट्रपति बाइडेन र प्रथम महिला जिल बाइडेनले स्वागत गरेका थिए।
ह्वाइट हाउसमा मोदीले बाइडन दम्पत्तिसँग शाकहारी डिनर गरेका र सांगीतिक समारोह पनि गरिएको थियो। परिवर्तन भारतीय विद्यार्थीहरुको हितलाई मध्यनजर गर्दै गरिन लागेको जनाएको छ। गत वर्ष अमेरिकाले एक लाख पच्चिस हजार भारतीय विद्यार्थीहरूलाई भिसा प्रदान गरेको थियो। सम्झौता अनुसार परिवर्तन भारतीय विद्यार्थीहरुको हितलाई मध्यनजर गर्दै गरिन लागेको जनाएको छ। गत वर्ष अमेरिकाले एक लाख पच्चिस हजार भारतीय विद्यार्थीहरूलाई भिसा प्रदान गरेको थियो।
