भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अलौकीक कन्यापूजन समारोह सम्पन्न

अलौकीक कन्यापूजन समारोह सम्पन्न

जनकपुरधाम । जानकी नवमीको पावन अवसरमा विश्व हिन्दू परिषद् नेपालले विभिन्न स्थानहरुमा अलौकीक कन्यापूजन समारोह सम्पन्न गरेको छ । धनुषा, पर्सा, नवलपरासी लगायतका जिल्लाहरुमा अलौकीक कन्यापूजन समारोहको आयोजना गरेको हो ।

जनकपुरधाम–७ स्थित जानकी पतञ्जली योग साधना केन्द्रको प्राङ्गणमा मंगलवार आयोजित समारोहमा २ सय ५४ कन्याहरुको सहभागिता रहेको थियो ।

विवाह पञ्चमीको अवसरमा परिषदद्वारा आयोजित सामूहिक विवाह समारोहमा ११ कन्याको कन्यादान गर्ने काठमाण्डौ निवासी सुनिल कुमार अग्रवाल लगायतका सहयोगीहरुलाई सम्मान गरिएको थियो ।

विश्व हिन्दू परिषद नेपालद्वारा आयोजित अलौकिक कन्या पूजन समारोहको मुख्य उद्देश्य समाजमा व्याप्त महिला हिँसा, भ्रुण हत्या एवं दाईजो प्रथा जस्ता कुरितीहरु उन्मूलन गरी समरस एवं सभ्य समाज निर्माण गर्नु रहेको आयोजकले बताएको छ ।

आगामी दिनहरुमा समेत राष्ट्र, धर्म र समाजहीतका लागि विश्व हिन्दू परिषद नेपालले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएको छ । कार्यक्रममा प्रमुख अतिथि परिषद्राका राष्ट्रिय संगठन मन्त्री श्रीप्रल्हाद रेग्मी, विशिष्ट अतिथि प्रद्युम्न उपाध्याय,

अतिथि पवन ठाकुर, सत्यनाराण ठाकुर, ओम प्रकाश सर्राफ, इ.प्रकाशचन्द्र साह, अंकेश्वर यादव, मनोहर साह एवं जिल्ला समतिका पदाधिकारी, कार्यकर्ता सहित स्थानीयवासीको सहभागिता रहेको थियो ।

तस्वीरमा….

   

 


Thali Mobile Pvt.Ltd.