भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो

अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो

रामपुर –पाल्पा, । अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सात घण्टापछि खुलेको छ । आज बिहानै खसेको सुख्खा पहिरोले राजमार्ग अवरुद्ध बनेको थियो । पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ अन्तर्गत पाल्पाको दोभान हेडबक्स नजिकै नागको मन्दिर अगाडि भागमा ठूलो ढुङेगासहितको सुख्खा पहिरो खसेर राजमार्ग अवरुद्ध बनेको हो ।

दोभान प्रहरीचौकी प्रमुख विष्णु कुँवरले १२ बजेबाट राजमार्ग खुलेको जानकारी दिए । पहिरो पन्छाएर सडक एकतर्फी खुलेपछि अलपत्र यात्रु तथा सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

 


Thali Mobile Pvt.Ltd.