भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

अवैध गतिविधिमा संलग्न एक विदेशी नागरिक चाङ्ग

अवैध गतिविधिमा संलग्न एक विदेशी नागरिक चाङ्ग

काठमाडाैं । पर्यटक भिसामा नेपाल आएर एक चिनियाँ नागरिक चाङ्ग चिनस्याङ्ग अवैध गतिविधिमा संलग्न भएको पाईएको छ ।

अर्काको नाममा रहेको घास कम्पनी समेत आफ्नै भएकाे भन्दै शेयर उठाउने र कामदार नियुक्ति समेत गर्ने गरेकाे आराेप लागेकाे छ । गम बहादुर लामिछानेकाे नाम दर्ता भएकाे टियान यू इन्टरन्यासनल प्राइभेट लिमिटेड ती नागरिकले आफ्नै भएको दावी गरेर कामदार समेतलाइ ज्याला नदिएको मजदुरहरूले गुनासाे गरेका छन् ।

चितवनमा किसानकाे ६ विघा जमिनमा घास उत्पादन गर्ने उक्त कम्पनी गम बहादुर लामिछानेको नाममा रहेको प्रमाण भेटिएकाे छ । अवैध गतिविधिमा संलग्न रहेकाे पाइएपछि लामिछानेले उनकाे शेयर समेत जफद गरिदिएकाे बताएका छन् ।

चिनियाँ नागरिकले लगानी भित्राउने भनेर कुरा गरेको तर अहिले सम्म कुनै लगानी समेत नल्याएको र उल्टै ती नागरिकले १४ वर्ष देखि अवैध धन्दा चलाइरहेको दावी गरे । गम बहादुरको नाममा रहेको कम्पनीले चिनियाँ लगानी नेपाल भित्राउने कोशिस भने गरेको पाइएको छ ।

८ करोड लगानी नेपाल ल्याउने भन्दै राष्ट बैंकले समेत स्वीकृती दिएको छ । यता ती चिनियाँ नागरिकले कुवेर श्रेष्ठका नामबाट फेसवुक अकाउन्ट समेत खोलेर धेरैलाइ दु:ख दिइरहेको आरोप लागेको छ ।

 


Thali Mobile Pvt.Ltd.