भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अस्पताल आउजाउ गर्ने क्रममा एक गर्भवतीमा कोरोना संक्रमण

अस्पताल आउजाउ गर्ने क्रममा एक गर्भवतीमा कोरोना संक्रमण

२० जेठ २०७७, काठमाडौं । भक्तपुर चाँगुनारायण नगरपालिकामा एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टी भएको छ ।

चाँगुनारायण नगरपालिकाकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित महिला वडा नं ३ की स्थायी बासिन्दा हुन ।

उनी नियमित स्वास्थ्य जाँचका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज आउजाउ गर्ने गरेको वडाध्यक्ष वडाध्यक्ष श्यामसुन्दर धिमालले बताए ।

चिकित्सकहरुले प्रसूतिका लागि असार १९ गतेको लागि समय दिएकाले १६ गते कोभिड परीक्षणका लागि स्बाव दिइएको थियो । अस्पताल आउजाउ गर्ने क्रममा कोरोना संक्रमण भएको हुन सक्ने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.