भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

कालीकोटमा जिप दुर्घटना हुदा एकको मृत्यु

कालीकोटमा जिप दुर्घटना हुदा एकको मृत्यु

२० जेठ२०७७, सुर्खेत । कालीकोटमा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका १ लालीघाट बजार नजिकै खाद्यान्न बोकेको जिप दुर्घटना हुँदा रास्कोट नगरपालिका-१ कालीकोटका डबल शाहीको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

कर्णाली प्रदेश ०२००१ ज ००३० नम्बरको जिप सडकदेखि करिब तीन सय मिटर तल खस्दा चालक शाहीको घटनास्थलमै मृत्यु भएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईंले जानकारी दिए ।

लालीघाटबाट नरहरिनाथ गाउँपालिकामा खाद्यान्न लिएर गएको उक्त जिप दुर्घटनामा पर्दा नरहरिनाथ गाउँपालिका-३ का ५० वर्षीय पुर्णप्रसाद उपाध्यय घाइते भएका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरी जनाएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.