उत्तर कोरिया । उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक परेडको तयारी गरिरहेको छ । सैनिकहरुले महिनौदेखि परेडको तयारी गरिरहेका छन् ।
सैन्य अभ्यासमा कुनै पनि गल्ती नहोस् र सर्वोच्च नेता किम जोङ उनलाई प्रभाव पार्ने अभिप्रायले सो अभ्यास हुन लागेको संचारमाध्यमले जनाएका छन् । सन् २०१८ मा उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विचमा वार्ता भएपछि उत्तर कोरियाले यस्तो परेडमा ब्यालेष्टिक मिसायल प्रदर्शन गरेको छैन ।
सो परेड त्यहाँको संस्थापक नेताको ७५ औं वार्षिक उत्सब र अमेरिकी निर्वाचनको पूर्व सन्ध्यामा हुन थालेको हो । उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले लगाएको नाकाबन्दीले कुनैपनि असर नगरेको मुलुकको अर्थतन्त्र मजबुत बनाईरहेको उत्तर कोरियाले यस्ता परेड कसैको देखासिकी भन्दा पनि आफ्नो देशको सुरक्षाका निम्ति आयोजना गर्ने जनाएको छ ।
