भर्खरै : Sorry, your browser does not support inline SVG.

आइतबार उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियसले घट्यो

आइतबार उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियसले घट्यो

काठमाण्डौ । काठमाण्डौ उपत्यकाको तापक्रम घटेको छ । आइतबार उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियसले घटेको हो । शनिबार काठमाण्डौको न्यूनतम तापक्रम १६ दशमलव २ डिग्री सेल्सियस थियो । आइतबार न्यूनतम तापक्रम हिजोको भन्दा २ दशमलव २ डिग्री सेल्सियसले घटेको हो । काठमाण्डौको न्यूनतम तापक्रम विहान १४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

मौसमविद्ले आउँदो बुधवारदेखि मौसममा सुधार आउने बताएका छन् । गएराति काठमाण्डौको तापक्रम हिजो अस्तिको भन्दा चिसो थियो । न्यूनतम तापक्रम अझै घट्ने अनुमान छ । आइतबार बादल लाग्ने तथा सोमबार र मंगलबार धेरैजसो ठाउँमा पानी पर्ने भएकाले तापक्रम घट्ने अनुमान गरिएको हो । न्यूनतमसँगै अधिकतम तापक्रम घट्न थालेको छ । काठमाण्डौको मात्रै होइन देशभरकै तापक्रम घट्दो क्रममा रहेको मौसमविद्ले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.