भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

आइपुगे चिनियाँ रक्षामन्त्री, भेटवार्तामै व्यस्त

आइपुगे चिनियाँ रक्षामन्त्री, भेटवार्तामै व्यस्त

काठमाडौं । केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त छन् ।

भारतीय विदेश सचिव फर्किएलगत्तै भएको चिनियाँ रक्षामन्त्रीको आगमनलाई अर्थपूर्ण मानिएको छ ।विमानस्थलबाट सीधै चिनियाँ दूतावास पुगेका उनले औपचारिक भेटवार्तालाई तीब्रता दिएका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम पनि तय भएको छ ।

chinजंगीअड्डापछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्ने छन् । बालुवाटारपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने छन् । राष्ट्रपतिलाई भेटेपछि उनी सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्ने कार्यक्रम छ ।

 


Thali Mobile Pvt.Ltd.