भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

दोलखाको भीमेश्वर नगरपालिकाकामा घरदैलोमा कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउन माग

दोलखाको भीमेश्वर नगरपालिकाकामा घरदैलोमा कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउन माग

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाका पशुपालक किसानहरूले पशुको कृत्रिम गर्भाधान सेवा घरदैलोमै उपलब्ध गराउन माग गरेका छन् । कृत्रिम गर्भाधानका लागि जिल्लामा रहेको पशु अस्पताल अथवा नगरपालिकाको पशु शाखामा बस्तुभाउ पु¥याउन कठिन हुने भएको भन्दै उनीहरूले घरदैलो सेवाको माग गरेका हुन् । गर्भाधानको समय भएका पशुलाई नियन्त्रण गरी पशु अस्पताल वा नगर पशु शाखामा पुर्‍याउन कठिन भएपछि महँगो शुल्क तिरी घरदैलोमा प्राविधिक बोलाएर कृत्रिम गर्भाधान गराउनु परेको भीमेश्वर नगरपालिका वडा नम्बर–८ आहालडाँडाका पशुपालक किसान कृष्ण श्रेष्ठले गुनासो गरे ।

भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र चरीकोटका प्राविधिकहरूले कार्यालय समयबाहेक अन्य बेला दूरी हेरेर घरदैलोमा पशु उपचार गर्न १ हजार ५ सयदेखि २ हजार ५ सयसम्म कृत्रिम गर्भाधान सेवाशुल्क लिने गरेको स्थानीय पशुपालक बताउँछन् । नगरपालिकाले निःशुल्क कृत्रिम गर्भाधान गरिदिने भने पनि पशुलाई नगर पशु शाखासम्म पु¥याउन कठिन भएका कारण घरमै प्राविधिक बोलाएर पशुको कृत्रिम गर्भाधान गराउनु परेको भीमेश्वर नगरपालिका वडा नम्बर ६ की रमा न्यौपानेले बताइन् । स्थानीय तहले पशु प्राविधिकको दरबन्दी बढाएर भए पनि घरदैलोमै निःशुल्क कृत्रिम गर्भाधान सेवा नदिए किसानहरू महँगो शुल्क तिर्न बाध्य भइरहने भीमेश्वर नगरपालिका वडा नम्बर ४ का पशुपालक व्यवसायी रामहरि सुवेदीले बताए ।

कृत्रिम गर्भाधानका लागि ल्याइएका पशुलाई सिमेनको २५ र टिकटको दस रुपैयाँबाहेक कुनै शुल्क नलिइने दाबी भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र चरीकोटका निमित्त प्रमुख पलट चौधरीको भनाइ छ । उनले भने, ‘तर, कार्यालय समयबाहेक किसान र प्राविधिकको आपसी सहमतिमा लिइने शुल्कबारे कार्यालयलाई जानकारी हुँदैन ।’

 


Thali Mobile Pvt.Ltd.