दार्चुला । दार्चुलामा आगो लगाएर एकल महिलाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरेको आगोलगाएर हत्या गरिएको हो । खडायतको हत्या आरोपमा प्रहरी दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका दुबै जना स्थानीय वीरेन्द्र खडायत र तुला खडायत रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । २४ गते राति घर नजिकैको खरको थुप्रोमा आगो लगाएर महिलाको हत्या गरिएको आशंका गरिएको छ ।

