काठमाडौं । मस्जिदमा भएको आत्मघाती बिस्फोटमा परी अफगानिस्तामा ५० जनाको मृत्यु भएको छ । विष्फोटमा परी एक सय बढी घाइते भएको जनाइएको छ । अफगानिस्तानको कुन्दुज शहरस्थित मस्दिजमा प्रार्थनाका क्रममा प्रवेश गरेका एक ब्यक्तिले आत्मघाती बिस्फोट गराएको जनाइएको छ ।
घाइतेहरुको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । अफगानिस्तानमा तालिवानको कब्जा विरुद्ध सक्रिय आइएस र सुन्नी कट्टरपन्थीहरुको योजनामा विष्फोट गराइएको अनुमान गरिएको छ । मारिेनेहरु शिया समुदायका ब्यक्तिहरु रहेका छन् । अफगानिस्तानमा सक्रिय आइएस–के ले घटनाको जिम्मेवारी लिएको छ ।
