भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

आधुनिक भाँडाको प्रयोग बढे पनि भक्तपुरमा परम्परागत भाँडा खोज्नेहरू घटेनन्

आधुनिक भाँडाको प्रयोग बढे पनि भक्तपुरमा परम्परागत भाँडा खोज्नेहरू घटेनन्

भक्तपुर । आधुनिक भाँडाको प्रयोग बढे पनि माटोका परम्परागत भाँडाकुँडाको माग कायमै रहेको भक्तपुरका कुमाल समुदायले बताएका छन् । माटोको भाँडा बनाउने कामलाई मुख्य पेसा बनाइरहेका उनीहरूले माटोका भाँडा बनाउने परम्परागत पेसाबाटै यहाँका स्थानीयले घर व्यवहार चलाउनेदेखि छोराछोरी पढाउँदै आएको बताएका छन् । बजारमा स्टिल, प्लास्टिकका लगायत सस्तो र सजिला सामग्री उपलब्ध भए पनि अझै परम्परागत माटोका सामग्री खोज्न आउने गरेका कुमाले टोलका तुलसीराम प्रजापतिले बताए ।

माटोका घैँटो, दियो, खुत्रुके, विभिन्न किसिमका मूर्तिहरूको माग बढ्दै गएको उनको भनाइ छ । कुमाल टोलका स्थानीय पहिले अरू जिल्ला पुगेर महिनौँसम्म भाँडा बनाउँथे र ज्यालाको रूपमा धान, गहुँ, मकै ल्याउथेँ । अहिले अरू जिल्लाका मानिस आफैँ यहाँ आउँछन् र मन परेको सामान खरिद गरेर लैजान्छन् । पहिले सूर्यविनायक, सिपाडोल, चाँगुनारायणमा माटो उपलब्ध हुने भए पनि अहिले उपयुक्त माटो लिन काठमाण्डौको साँखु र काभ्रेको धुलिखेल वा दाङसम्म पुग्नुपर्छ ।

प्रतिकिलो ५० रुपैयाँ तिरेर गाडीमा माटो ल्याउनुपर्ने कुमाल टोलका तुलसीराम प्रजापतीले जानकारी दिए । पहिले–पहिले माटो खुट्टाले मुछ्ने गरिन्थ्यो । अहिले मेशिनले गर्दा छिटो तयार हुने र सजिलो हुने गर्छ । पहिले जस्तो चाखा अथवा चर्खा पनि हातले चलाउन नपर्ने मोटरले चल्ने भएकाले भाँडा बनाउन सजिलो भएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.