भक्तपुर । आधुनिक भाँडाको प्रयोग बढे पनि माटोका परम्परागत भाँडाकुँडाको माग कायमै रहेको भक्तपुरका कुमाल समुदायले बताएका छन् । माटोको भाँडा बनाउने कामलाई मुख्य पेसा बनाइरहेका उनीहरूले माटोका भाँडा बनाउने परम्परागत पेसाबाटै यहाँका स्थानीयले घर व्यवहार चलाउनेदेखि छोराछोरी पढाउँदै आएको बताएका छन् । बजारमा स्टिल, प्लास्टिकका लगायत सस्तो र सजिला सामग्री उपलब्ध भए पनि अझै परम्परागत माटोका सामग्री खोज्न आउने गरेका कुमाले टोलका तुलसीराम प्रजापतिले बताए ।
माटोका घैँटो, दियो, खुत्रुके, विभिन्न किसिमका मूर्तिहरूको माग बढ्दै गएको उनको भनाइ छ । कुमाल टोलका स्थानीय पहिले अरू जिल्ला पुगेर महिनौँसम्म भाँडा बनाउँथे र ज्यालाको रूपमा धान, गहुँ, मकै ल्याउथेँ । अहिले अरू जिल्लाका मानिस आफैँ यहाँ आउँछन् र मन परेको सामान खरिद गरेर लैजान्छन् । पहिले सूर्यविनायक, सिपाडोल, चाँगुनारायणमा माटो उपलब्ध हुने भए पनि अहिले उपयुक्त माटो लिन काठमाण्डौको साँखु र काभ्रेको धुलिखेल वा दाङसम्म पुग्नुपर्छ ।
प्रतिकिलो ५० रुपैयाँ तिरेर गाडीमा माटो ल्याउनुपर्ने कुमाल टोलका तुलसीराम प्रजापतीले जानकारी दिए । पहिले–पहिले माटो खुट्टाले मुछ्ने गरिन्थ्यो । अहिले मेशिनले गर्दा छिटो तयार हुने र सजिलो हुने गर्छ । पहिले जस्तो चाखा अथवा चर्खा पनि हातले चलाउन नपर्ने मोटरले चल्ने भएकाले भाँडा बनाउन सजिलो भएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला एक लाख ९० हजार छ सयमा कारोबार भएको सुन आज तोलामा आठ सय घटेको...
काठमाडौँ, २९ चैत । सार्वजनिक खरिदसम्बन्धी ऐनलाई सङ्घीय संरचनाअनुरुप समयानुकूल बनाइनुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।राष्ट्रियसभा अन्तगर्तको सार्वजनिक नीति तथा विधायन समितिको आज सिंहदरबारमा भएको बैठकमा समिति सदस्यहरूले सार्वजनिक...
काठमाडौँ , २९ चैत। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मुलुकलाई सडक बालबालिका मुक्त बनाउने अभियानमा सरकार लागिरहेको बताएका छन् ।अन्तरराष्ट्रिय सडक बालबालिका दिवसको सन्दर्भमा साथसाथ नामक...
बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले प्रदेशले यथाशीघ्र विद्युतीय माध्यमबाट राजस्व भुक्तानीको व्यवस्था गर्ने बताएका छन्।यातायात व्यवस्था कार्यालय हेटौँडाको आज निरीक्षण गर्दै उनले सेवाग्राहीले बैंकमा लाइन...