भर्खरै : Sorry, your browser does not support inline SVG.
जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान | भोटेकोशी बाढीपछि रसुवा जाने वैकल्पिक सडकमा जोखिमपूर्ण यात्रा, यात्रु र राहतका सवारीलाई सास्ती | भोटेकोशी बाढीको छैटौँ दिन पनि १० हजार ३४१ जना बेपत्ता, ७८१ शव फेला | भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ |

आबेको अन्त्येष्टि मंगलबार गरिने, विश्वका नेताहरू सहानुभूति प्रकट गरे

आबेको अन्त्येष्टि मंगलबार गरिने, विश्वका नेताहरू सहानुभूति प्रकट गरे

टोकियो । शुक्रबार साँझ ५ः०३ बजे जापानको पश्चिमी सहर नारामा भएको निर्वाचन अभियानलाई सम्बोधनका क्रममा गोली हानी हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको पार्थिव शरीर शनिबार उनको गृहनगर टोकियो ल्याइपु¥याइएको छ।

गोली लागेर घाइते भएका आबेलाई उपचारको लागि अस्पताल लगिएको थियो । उनलाई स्थानीय समय अनुसार साँझ ५ः०३ बजे मृत घोषणा गरिएको थियो । पार्थिव शरीर लिएर सिन्जोकी पत्नी अकी आबे टोकियो आएको अमेरिकी टेलिभिजन सीएनएनले आबेको कार्यालयलाई उद्धृत गर्दै जानकारी गराएको छ।

एनएचके वल्र्डका अनुसार, आबेको पार्थिव शरीर बोकेको गाडी स्थानीय समयअनुसार शनिबार १ः३० बजे टोकियोको शिबुया जिल्लास्थित आबेको घरमा आइपुगेको हो।

त्यस्तै जापानका प्रधानमन्त्री फुमिओ किशिदा पनि पूर्वप्रधानमन्त्रीको पार्थिव शरीर रहेको घरमा पुगी श्रद्धासुमन अर्पण गरे । स्थानीय सञ्चारमाध्यमका अनुसार सोमबार राति दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै रात्रि जागरण र प्रार्थना गरिने र अन्त्येष्टि मंगलबार गरिने बताइएको छ।

पश्चिमी जापानको नारा सिटी निवासी ४१ वर्षीय तेत्सुया यामागामीलाई आबेको हत्याको प्रयास गरेको आशंकामा प्रहरीले पक्राउ गरी सोधपुछ जारी राखेको छ।

विश्व नेताहरूले आबे परिवारप्रति सहानुभूति प्रकट गर्दै हत्याको निन्दा र पूर्वप्रधानमन्त्री आबेसँगको सहकार्यको स्मरण गर्दै दिवंगत नेताप्रति श्रद्धसुमन अर्पण गरेका छन्।

त्यस्तै जापानका प्रधानमन्त्री फुमिओले राष्ट्रका नाममा सम्बोधन गर्दै ‘यो अक्षम्य कार्य हो’ र जापानी अधिकारीहरूले ‘यस परिस्थितिलाई सम्हाल्न उचित कदम चाल्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.