काठमाडौं । आइतबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने भएको छ । सङ्घीय संसद भवन बानेश्वरमा बिहानविहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री डा.प्रकाश शरण महतले जवाफ दिने कार्यतालिका रहेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमाथिको छलफलमा उठेको प्रश्नहरुको जवाफ दिने कार्यसूचि रहेको छ ।
विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमा सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने जनाएको छ । त्यसपछि ती विधेयकहरुलाई निर्णायार्थ वैठकमा पेश गरिने छ । आगामी आर्थिक वर्षको आय ब्यय र राजश्वको अनुमानमाथि सांसदहरुले धारणा राख्ने कार्यसूचि समेत रहेको छ ।
