१४ असार २०७७ धार्के । नेपाली फुटबलमा लामो इतिहास बोकेका रानीपोखरी कर्नर टिम (आरसीटी) र न्युरोड टिम (एनआरटी) क्लब नेपाली फुटबल क्षेत्रमा अग्रपंत्तिका नाम हुन् ।
बढ्दो सहरीकरण र अतिक्रमणको चपेटामा टुँडिखेल परेपछि काठमाडौंसँगै जोडिएको धादिङको धुनिबेँसी नगरपालिकास्थित धार्केमा अभ्यास मैदान र एकेडेमी बनाउने तयारीमा यी क्लव जुटेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव रमेशकुमार सिलवालको समन्वय र अखिल नेपाल फुटबल संघ (एन्फा)को पहलमा आरसीटी र एनआरटीले करिब ३३ रोपनी क्षेत्रफलको मैदानलाई एकेडेमीका रूपमा विकास गर्ने तयारी थालेका हुन् ।
दुवै क्लबका पदाधकारीले फुटबल मैदानको निरीक्षण समेत गरेका छन् । फुटबलको आधुनिकतालाई आत्मसात् गर्न राजधानी छाड्नुको विकल्प नभएको ठहरमा रहेका यी दुबै क्लवले नयाँ सोच बनाएका छन् । ६ पटकको ‘ए’ डिभिजन लिग विजेता आरसीटी र चार पटकको विजेता एनआरटीले आफ्नो सोच परिवर्तन गरेका हुन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, ३१ चैत । आइसिसी यू-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट आज (आइतबार) बाट सुरु हुँदैछ। यो प्रतियोगिता वैशाख ६ गतेसम्म काठमाडौंको माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ, २७ चैत । हङकङमा मंगलबार (चैत २७, २०८१) बाट सुरु भएको चारदेशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गर्दै...
काठमाडौँ, २७ चैत । हङकङमा आजबाट सुरु भएको चारदेशीय टी–२० सिरिजको पहिलो खेलमा कतारले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको कतारले २० ओभरमा ५...
भक्तपुर । यसपटक १३ औँ भक्तपुर जिल्लाव्यापी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भक्तपुर नगरपालिकाले जितेको छ । भक्तपुर नगरपालिकाले ३७ स्वर्ण, २० रजत र ३७ कास्य सहीत ९४ पदक जित्दै...