काठमाडौं । बिहीवार राति भएको इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २–० अन्तरले पराजित गर्दै लिभरपुल विजयी भएको छ ।
डिअगो जोटाले ३४औं र ८७औं मिनेटमा दुई गोल गरेसंगै लिभरपुलले १५औं जित निकालेको हो।
जितसंगै लिभरपुल २३ खेलबाट ५१ अंक सहित दोस्रो स्थानमा यथावत छ ।
लेस्टर भने २१ खेलबाट २६ अंक सहित १२औं स्थानमा छ । शीर्ष स्थानको सिटी २४ खेलबाट ६० अंक सहित माथि छ ।
