भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

इजरायलले लडाकु जहाज खरिद गर्ने

इजरायलले लडाकु जहाज खरिद गर्ने

काठमाडौं । इजरायलले लडाकु जहाज खरिद गर्ने भएको छ। अमेरिकासँग ३ अर्ब डलर बराबरको लडाकु जहाज इरायलले खरिद गर्ने भएको हो । अमेरिका तयार भएलगत्तै इजराली संसदले लडाकु जहाज खरिदको अनुमति दिएको हो। इजरायलाई लडाकु जहाज बेच्दा खाडी मुलुकहरुसँगको सम्बन्ध बिग्रिने त्रासमा अमेरिका रहे पनि अन्तिम समयमा लडाकु जहाज दिन तयार भएको थियो।

यसैबीच इजरायली सेनाले वेस्ट बैंकमा गरेको आक्रमणमा दुई प्यालेस्टाइनीको मृत्यु भएको छ। इजरायलको हवाई आक्रमणमा अरु १० जना घाइते भएका छन्।
केही महिनायता वेस्ट बैंकमा इजरायली सेनाले प्यालेस्टाइनीविरुद्ध लगातार कारबाही जारी राखेको छ। अमेरिकासँग एफ–३५ सिरिजका २५ थान लडाकु जहाज खरिदका लागि इजरायली संसदले सरकारलाई अनुमति दिएको हो।

अमेरिकाको लकहिड मार्टिन कम्पनीले निर्माण गर्ने उक्त जहाज खरिद गरेसँगै इजरायलसँग यही सिरिजका लडाकु जहाजको संख्या ७५ पुग्नेछ। इजरायल र अमेरिकाबीच लडाकु जहाज खरिद बिक्रीबारे लामो समयदेखि छलफल चलिरहे पनि अमेरिका तयार भएको थिएन।

 


Thali Mobile Pvt.Ltd.