इजरायली आइरन डोम, अमेरिकी पेट्रियट ब्याट्रीहरु सहयोग गर्न युक्रेनको आग्रह

इजरायली आइरन डोम, अमेरिकी पेट्रियट ब्याट्रीहरु सहयोग गर्न युक्रेनको आग्रह

काठमाडौं । आधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको सहयोग गर्न युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले आग्रह गरेका छन् । युक्रेनको सुरक्षाका लागि आधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको सहयोग गर्न उनले आग्रह गरेका हुन । राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशको प्रतिरक्षाको लागि इजरायली आइरन डोम, अमेरिकी पेट्रियट ब्याट्रीहरु आवश्यक रहेको समेत उल्लेख गर्दै सहयोग गर्न आग्रह गरेका हुन ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि अहिलेसम्म २६ सय भन्दा बढी क्रुज मिसाइल प्रहार गरिसकेको दावी समेत गरेका छन् । तोपखाना प्रणालीको आवश्यकता भएको युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीलेको भनाइ छ ।
रुसले यूक्रेनमा आक्रमण सुरु गरेदेखि नै रुसी क्रुज मिसाइलहरुको वर्षा गरिरहेकाले कतिलाई यसको प्रहार लागेको र कति उम्कन सफल उनले बताएका छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.