भर्खरै : Sorry, your browser does not support inline SVG.
घोडेपानी-पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार | इराकको कडा कदम : इरान समर्थक सशस्त्र समूहलाई सेप्टेम्बर ३० भित्र निशस्त्रीकरण गर्न निर्देशन | राहदानी छपाइ भ्रष्टाचार मुद्दा : महानिर्देशकसहित ५ जना धरौटीमा रिहा | आज र भोलि मनसुन सक्रिय, ६ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना | कपिलवस्तुमा यात्रुवाहक बस पल्टिँदा २२ जना घाइते, सबैलाई थप उपचारका लागि भैरहवा रिफर | म्याग्दीको ऐतिहासिक भंकासे स् जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल | अफगानिस्तानमा पाकिस्तानको सैन्य कारबाही, २९ जना मारिएको दाबी | दक्षिण अफ्रिकामाथि ऐतिहासिक जित, क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा |

इटालीद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

इटालीद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ । इटालीले नेपाललाई कोभिड–१९ को उपचार तथा रोकथामका लागि दिएको आवश्यक स्वास्थ्य सामग्री आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । युरोपियन युनियनको ‘नागरिक सुरक्षा संयन्त्र’मार्फत इटालीले नेपाललाई २० थान भेन्टिलेटर, छ हजार आइसोलेशन गाउन र १० हजार प्रोटेक्टिभ स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

नेपालस्थित युरोपियन युनियनका राजदूत नोना डेप्रेजले उक्त स्वास्थ्य सामग्री आजै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा राजदूत डेप्रेजले युनियन र यसका सदस्य राष्ट्रसँगले नेपालको वर्तमान विषम परिस्थितिमा विभिन्न सहयोग गरिरहेको उल्लेख गर्दै उक्त सहयोगले कोभिड–१९ को उपचार तथा रोकथाम र नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रमा टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।

प्रमुख विशेषज्ञ डा पोखरेलले युरोपियन युनियनको समन्वयमा नेपालले ठूलो मात्रामा स्वास्थ्य सामग्री प्राप्त गरेकामा मन्त्रालयका तर्फबाट धन्यवाद दिँदै प्राप्त स्वास्थ्य सामग्रीको प्रभावकारी सदुपयोग हुने गरी सबै प्रदेशमा वितरण गरिने जानकारी दिए। यसअघि युरोपियन युनियनका सदस्य राष्ट्र स्पेन, फिनल्यान्ड, फ्रान्स, बेल्जियम, जर्मनी स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क र आयरल्यान्डले नेपाललाई कोभिड–१९ को उपचार तथा रोकथाममा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिसकेको युनियनको कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.