भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

इन्धन बचत गर्न बंगलादेश र पाकिस्तानमा पसल खोल्ने समय सीमा तोकियो

इन्धन बचत गर्न बंगलादेश र पाकिस्तानमा पसल खोल्ने समय सीमा तोकियो

एजेन्सी । विश्व बजारमा अस्वभाविक इन्धनमा भएकाे मूल्यवृद्धिका कारण दक्षिण एसियाका मुलुकहरू प्राभावित बनेका छन् । यसकै कारण श्रीलंका लामो समयदेखि गहिरो आर्थिक सङ्कटमा फसेको छ भने पछिल्लो समय पाकिस्तान र बंगलादेशले उर्जा संकट व्यहाेरेका छन् ।

ऊर्जा र इन्धनकाे महंगीले अाकाश छुन लाग्दा दक्षिण एसियाका मुलुक बंगलादेश र पाकिस्तानले उर्जा र इन्धन बचत गर्ने प्रयास स्वरूप  राति पसल खोल्ने समय सीमा तोकेका छन् । बंगलादेश सरकारले सपिङ मल, पसल, भान्सा बजार र व्यापारका अन्य स्थानहरू हरेक दिन बेलुका ८ बजेपछि बन्द राख्न निर्देशन दिएकाे छ । प्रधानमन्त्री शेख हसिनाको निर्देशनमा मन्त्रालय, विभाग र स्थानीय अधिकारीहरूलाई पत्र पठाएर तोकिएको समयभित्र पसल बन्द गर्न निर्देशन दिएको सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । बंगलादेश श्रम ऐनले बेलुका ८ बजे पसलहरू बन्द गर्ने व्यवस्था गरेको बताइएकाे छ ।

यता पाकिस्तानका सिन्ध र पन्जाब प्रान्तमा पनि पाकिस्तानी सरकारले राति ९ बजेभित्र सबै व्यावसायिक बजार, सपिङ मल र स्टोर बन्द गर्न निर्देशन दिएको उल्लेख गरेकाे छ । यसरी उर्जाकाे बचत गर्ने तरिका अपनाइएकाे बताएकाे छ । पछिल्लाे समय ताप लहरका कारण पाकिस्तानमा ऊर्जा अभाव बढेको विश्लेषकहरूले बताएका छन् ।

रुस–युक्रेन युद्ध सुरु भएपछि विश्वव्यापी रूपमा इन्धनको मूल्य बढेको छ । गत वर्ष डिसेम्बरमा प्रति ब्यारेल ६५ डलरमा बिक्री भएको कच्चा तेल मार्चमा मूल्य १२४ डलरमा उक्लिएको थियो । अहिले प्रति ब्यारेल करिब १२० डलरमा बिक्री भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.