भर्खरै : Sorry, your browser does not support inline SVG.

इराकमा एक सय जनाभन्दा धेरैको ज्यान गयो

इराकमा एक सय जनाभन्दा धेरैको ज्यान गयो

एजेन्सी । विवाह समारोहमा आगलागी हुँदा इराकमा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ । उत्तरी इराकको निनवेह प्रान्तमा भएको आगलागीमा दुलहा र दुलहीको अवस्था सार्वजनिक हुन सकेको छैन ।
एक सय ५० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।

इराक सरकारले घटनाबाट प्रभावितको तत्काल उद्धार र राहतका लागि सबै प्रयास जारी राख्न निर्देशन दिएको छ । थप विवरण आउन बाँकी छ । प्रारम्भिक रिपोर्टका अनुसार आतिशबाजी पछि आगलागी भएको हुनसक्ने अनुमान छ । अग्नि नियन्त्रक तथा स्थानीयबासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.