भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

इरानको दक्षिणी ग्यास उत्पादनस्थलमा मजदुरको हडताल

इरानको दक्षिणी ग्यास उत्पादनस्थलमा मजदुरको हडताल

एजेन्सी । इरानमा इरानी अधिकारीहरूले आठ जनालाई पक्राउ गरेका छन् । इरानको दक्षिणी भागमा रहेको एक प्रमुख ग्यास उत्पादनस्थलमा मजदुरको हडतालको ‘नेतृत्व’ गरेको आरोपमा आठ जना पक्राउ परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

इरानले कतारसँग साझेदारी गरेको विश्वको सबैभन्दा ठूलो ग्याँस भण्डार साउथ पार्स नर्थ डोम मेगा फिल्डमा करिब ४० हजार जनाले रोजगारी पाएका छन् । मे महिनाको सुरुमा स्थानीय सञ्चारमाध्यमले सोही क्षेत्रमा हडतालको आह्वानलाई समर्थन गर्ने बाह्य ठेकेदारहरूलाई पक्राउ गरिएको समाचार प्रकाशित गरेका थिए ।

अधिकारीहरूले अप्रिलको अन्त्यमा उनीहरूले राम्रो ज्याला र काम गर्ने वातावरणको माग गर्दै हडताल घोषणा गरेका थिए । कम्पनीले हड्तालमा सहभागी चार हजार कामदारहरूलाई प्रतिस्थापन गर्न सुरु गरेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.