भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

इरानमा अमिनीको मृत्युको विरोधमा प्रदर्शन सुरु भएयता ७०० भन्दा बढी पक्राउ

इरानमा अमिनीको मृत्युको विरोधमा प्रदर्शन सुरु भएयता ७०० भन्दा बढी पक्राउ

तेहरान, । ‘नियम विपरित हिजाब’ लगाएर महिलाको पहिरनसम्बन्धी कडा नियम पालना नगरेको आरोपमा प्रहरी हिरासतमा इरानमा २२ वर्षीया महसा अमिनीको मृत्युपछि भएको विरोध प्रदर्शनका क्रममा ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । गत साता तेहरानमा पक्राउ परेकी २२ वर्षीया महसा अमिनीको हिजाब राम्रोसँग नलगाएको भन्दै ‘रि–एजुकेसन सेन्टर’मा लगिएपछि भएको मृत्युपछि हजारौं इरानी नागरिक सडकमा उत्रिएका छन् ।

अल जजिराका अनुसार २२ वर्षीया महसा अमिनी आफ्नो परिवारसँग तेहरान भ्रमणमा रहेका बेला विशेषज्ञ प्रहरी इकाइले उहाँलाई पक्राउ गरेको थियो । हिरासतमा रहँदा केही समयपछि उहाँलाई हृदयाघात भएको र तत्काल आकस्मिक सेवाको सहयोगमा अस्पताल लगिएको थियो । उहाँलाई अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो । तस्निम समाचार एजेन्सीका अनुसार इरानी प्रहरीले एक हप्ताअघिदेखि सुरु भएको प्रदर्शनयता ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ ।

गुइलान प्रान्तका प्रहरी प्रमुख जनरल अजिजोल्लाह मालेकीले ६० महिलासहित ७३९ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको बताउनुभयो । इरानका राष्ट्रपति इब्राहिम रायसीले देशको सुरक्षा र शान्तिमा खलल पु¥याउनेहरूसँग ‘निर्णायक रूपमा व्यवहार गर्न’ आह्वान गर्नुभएको छ । इरानको दोस्रो ठूलो शहर मशादमा प्रदर्शनकारीहरूद्वारा मारिएका एक बासिज मिलिशियाका परिवारसँग फोनमार्फत भएको कुराकानीमा रायसीले ‘विरोध र सार्वजनिक व्यवस्था र सुरक्षामा खलल” बीच भिन्नता देखिनुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान अशान्तिलाई ‘दङ्गा र दुष्टता’ को रूपमा निन्दा गर्नुभयो ।

शुक्रबारदेखि राजधानी तेहरानसहित देशभरका कम्तीमा ४० शहरमा प्रदर्शन भइरहेका छन् र प्रदर्शनकारीले महिलाविरुद्ध हुने हिंसा र भेदभाव अन्त्यका साथै हिजाब अनिवार्य लगाउनुपर्ने माग गरेका छन् । सुरक्षा फौजसँगको झडपमा दर्जनौं प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ । यसअघि शनिबार इरानी सुरक्षा बलको कारबाहीमा मृत्यु हुनेको आधिकारिक संख्या १७ बाट बढेर ३५ पुगेको बताइएको थियो ।

तर, ओस्लोस्थित इरान मानव अधिकारका अनुसार सरकारविरोधी प्रदर्शनमा सुरक्षाकर्मीको कारबाहीमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । ‘द टाइम्स अफ इजरायल’का अनुसार अमिनीको मृत्युबारे रिपोर्टिङ गर्ने सुधारवादी अखबार शार्गका निलोफर हामेदीसहित अधिकारकर्मी र पत्रकारलाई सुरक्षा फौजले पक्राउ गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.