भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

उत्तरी चीनमा फसेका खानी कामदारहरूको उद्धार जारी

उत्तरी चीनमा फसेका खानी कामदारहरूको उद्धार जारी

एजेन्सी । उत्तरी चीनको साङ्सी प्रान्तमा ३० घण्टाभन्दा बढी समयदेखि बाढी आएको छ । सो क्षेत्रमा अवस्थित कोइला खानीमा फसेका २१ जना खानी कामदारको उद्धार कार्य जारी रहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
अधिकारीका अनुसार चार सय भन्दा बढी उद्धारकर्ताहरू उद्धार कार्यका लागि खानी तर्फ कुदिरहेको छन् । घटनास्थलमा थुप्रै पम्पहरू स्थापना गरिएको छ शुक्रबार बिहान ६ बजेसम्म खाडलमा पानीको स्तर २.१ मिटरले घटेको जनाइएको छ ।

उद्धारकर्ताहरूले थप पम्पहरू जडान गरेर खाडलबाट प्रति घण्टा ३०० घन मिटरभन्दा बढी पानी निकाल्ने योजना बनाएका छन् । दुर्घटना सियाओई शहरको डुक्सिगो गाउँको कोइला खानीमा बुधबार राति करिब ११ बजे भएको थियो ।
प्रारम्भिक अनुसन्धान अनुसार दुर्घटनाको कारण अवैध उत्खनन रहेको बताइएको छ भने न्यून तापक्रम र तीव्र हावाले खोजी र उद्धार कार्यलाई थप कठिन बनाएको अधिकारीहरुले बताएका छन् ।

घटनामा संलग्न सात जनालाई स्थानीय सार्वजनिक सुरक्षा विभागले नियन्त्रणमा लिएको छ भने फरार अन्यको खोजी भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.